डिशहोमको कार्ययोजना : नेपाललाई डिजिटल युगमा प्रवेश गराउने, सरकारको डिजिटलाईजेशन नितीलाई समेत पुर्णरुपमा सफल बनाउने

होमल्याण्ड खबर

२०७५ पुष १० गते, मंगलवार १२:११ मा प्रकाशित

डिशहोमले आफ्नो कार्ययोजना नै नेपाललाई डिजिटल युगमा प्रवेश गराउने र सरकारको डिजिटलाईजेशन नीतिलाई समेत पूर्णरुपमा सफल बनाउनु भएको जनाएको छ ।
“डिशहोमको हालको कार्ययोजना भनेको नेपाललाई डिजिटल युगमा प्रवेश गराउने र नेपाल सरकारको डिजिटलाईजेशन नितीलाई समेत पुर्णरुपमा सफल बनाउन सहयोग पुर्याउनु नै हो,” डिशहोमका अध्यक्ष हेमराज ढकालले सोमबार पत्रकार सम्मेलनमा भने, “हामी अर्कोवर्ष सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीमा छौं ।”

उनका अनुसार कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नेछ । अहिले डिशहोमका १५ लाख ग्राहक रहेका छन् । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले अहिलेसम्म पारदर्शी पद्धती अपनाएकाले आफुहरुको कम्पनी सफल भएको बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “डिशहोमले नेपालको पे टि.भि. इन्डस्ट्रिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अगाडि सारेको डिजिटलाईजेशन नीतिलाई अक्षरस अनुशरण गरि सरकारको यस नीतिलाई सफल बनाउनसमेत यस संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।”

“डिशहोमको यो व्यावसायीक सफलताको मुख्य आधार भनेको पारदर्शी र स्वचालीत (अटोमेटिक) संचालन पद्धती नै हो,” आचार्यले भने, “ग्राहकहरुलाई गुणस्तरीय सेवा तथा च्यानल प्याकेजको छनौटको सुविधा, उच्च र विश्वस्तरीय प्रविधिहरुको प्रयोग र नेपालभर फैलिएको सेवा संञ्जाल यस संस्थाका सफलताको महत्वपुर्ण कडीहरुमध्ये पर्दछन् । यसका साथै नेपाली मनोरञ्जनात्मक सामाग्रीहरु पस्कने उदेश्यले संचालन गरिएका आफ्नै च्यानलहरुले समेत यस संस्थाको लोकप्रियतालाई अझै उच्च बनाएको छ ।”

डिशहोमले व्यवसायिकता, पारदर्शिता तथा ग्राहक सेवाका लागि विश्वस्तरीय प्रविधिहरुको प्रयोग गरिरहेको छ । यस मध्ये डिशहोमले हाल प्रयोग गरिरहेका ६ वटा सफ्टवेयर महत्वपूर्ण रहेको उनले बताए । त्यसैगरी डिशहोमले गाउँ गाउँमा इन्टरनेट सेवा पुर्याउने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।