९ मंसिर २०८१, आईतवार
एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । बक्सिङ डे टेष्टको पहिलो दिनको समाप्तिमा बुधबार भारतले २ विकेटको क्षतिमा २१५ रन जोडेको छ ।
मेलबर्नमा मयांक अग्रवाल र चेतेश्वेर पुजाराले अर्धशतकीय इनिङ खेलेपछि भारतले राम्रो सुरुवात गरेको हो । अग्रवाल ७६ रन बनाएर आउट भए । पुजारा ६८ रनमा अविजित छन् ।
यस्तै भारतका लागि कप्तान विराट कोहलीले ४७ रन बनाएर खेलिरहेका छन् । ओपनर हनुमा बिहारी भने ८ रनमा आउट भए । अष्ट्रेलियाका पाट कुमिन्सले २ विकेट लिए ।
दुई टोलीबीचको चार खेलको टेष्ट १ – १ को बराबरीमा रहेको छ । पहिलो टेष्ट भारत र दोस्रो टेष्ट अष्ट्रेलियाले जितेको थियो ।