राष्ट्र बैंकद्वारा रेमिट्यान्स रिपोर्टिङ फर्म्याट परिमार्जन

होमल्याण्ड खबर

२०८२ मंसिर २६ गते, बिहीबार १५:०० मा प्रकाशित

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रिपोर्टिङ फर्म्याटमा परिमार्जन गरेको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्ग विदेश व्यापारसँग सम्बन्धित विवरण नियमित रूपमा पेस गर्न सम्पूर्ण भुक्तानी सेवा प्रदायक कम्पनीहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो।

विनिमय नियन्त्रण विनियमावली, २०७९ को नियम ३३ बमोजिम आवश्यक विवरण संकलन गर्न नयाँ रिपोर्टिङ फर्म्याट परिमार्जन गरेको बैंकले जनाएको छ।

विप्रेषण कारोबार वा इनवार्ड रेमिट्यान्ससँग सम्बन्धित सबै विवरण एफएक्सओआई रिर्पोटिङ सिस्टममार्फत तोकिएको समयसीमामा पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

कम्पनीहरुले केन्द्रीय बैंकको गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा नयाँ ढाँचामा उक्त रिपोर्टिङ पेस गर्न सक्नेछन् ।