ए डिभिजन लिगः पुलिस र थ्री स्टार तथा सरस्वती र आर्मी भिड्दै

होमल्याण्ड खबर

२०७५ पुष १३ गते, शुक्रबार १०:२३ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेल विभागीय टिम पुलिस क्लबले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमको खेल बिहान ११ बजे सुरु हुनेछ ।

थ्री स्टार १० खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । पुलिस १५ अंक सहित सातौं स्थानमा छ ।

एपीएफ मैदानमै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा सरस्वती युथ क्लब र अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

आर्मी १८ अंक सहित चौथो स्थानमा छ भने सरस्वती १० अंक सहित तालिकाको दशौं स्थानमा छ ।

मनाङ आठौं पटक लिग च्याम्पियन भएपछि बाँकी ठुला क्लब शीर्ष तीन भित्र रहेर लिग अन्त्य गर्न चाहन्छन् ।