९ मंसिर २०८१, आईतवार
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।
लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले ह्याट्रिक तथा मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । आर्सनलका लागि मैथल्यान्ड निल्सले एक गोल गरे ।
खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । १६ औं मिनेटमा फिर्मिन्होले अर्को गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाए ।
३२ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए ।
लिभरपुलका सलाहले खेलको ४५ औं मिनेटमा गोल गरेपछि खेल ४–१ को स्थितिमा पुगेको थियो । ६५औं मिनेटमा रोबर्टो फिर्मिनोले पेनाल्टीमार्फत गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले आर्सनलमाथि ५–१ को शानदार जित निकाल्यो ।
जितसँगै लिभरपुल २० खेलबाट ५४ अंकसहित शीर्षस्थान मै यथावत् रहेको छ । पराजित आर्सनल २० खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ ।