२२ फाल्गुन २०८२, शुक्रबार
यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ ।
नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो ।


हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार प्रदान गरिने तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजङ्ग राणाले जानकारी दिए ।
विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएकामा यस वर्ष यस ११औँ संस्करणको प्रतियोगितामा आयोजना हुनेछ । विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । यसवर्ष महाशिवरात्रि तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ ।