देशभर चिसो बढ्ने क्रम जारी, पानी पर्ने संभावना

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १०:२९ मा प्रकाशित

काठमाडौं उपत्यका लगाएत देशभर पछिल्ला केहि दिनहरुमा चिसो बढेको महसुस गरिएको छ ।

मौसम विभागका अनुसार, आज उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको छ ।

वायुमण्डलमा उत्तरतिरको हावा मिसिँदा बढी चिसो भएको विभागले जनाएको छ ।

बुधबारतिर पश्चिम क्षेत्रमा हल्का वर्षा हुन सक्ने र अर्को साता शनिबार र आइतबार हिमाली र पहाडी भेगमा पानी पर्ने सम्भावना देखिएको अनुमान विभागले गरेको छ ।