नेपालविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड

होमल्याण्ड खबर

२०८२ माघ २६ गते, आईतवार १५:०६ मा प्रकाशित

इंग्ल्यान्डले आईसीसी ट्वन्टी–२० क्रिकेट विश्वकप २०२६ मा नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक्सले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । नेपालले विश्वकप छनोटअन्तर्गत एसिया प्यासिफिकमा अपराजित रहँदै विश्वकपको टिकट काटेको थियो ।

इंग्ल्यान्ड सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न विश्वकपको सुपर–८ मा स्थान बनाउने टोली सोझै छनोट हुने प्रावधानबाट यहाँ आइपुगेको हो ।