१४ मंसिर २०८१, शुक्रबार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन २०७५ आजदेखि शुरु हुने भएको छ ।
दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।
सम्मेलनमा ७७ वटै जिल्लाका, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुको सहभागिता रहने छ ।
विश्वको जल्दोबल्दो समस्या बन्दै गरेको जलवायु परिवर्तनको मुद्दा सिन्धुपाल्चोकबाट शसक्त ढंगबाट उठाउने बताइएको छ ।
समुद्री सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको गुफाडाँडालाई यतिखेर दुलही जसरी श्रृंगारिएको छ ।