सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १३:०३ मा प्रकाशित

सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ २७ औं शाखारहित बैंकिङ सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, मानेदोभानमा र २८ औं शाखारहित बैंकिङ सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१८, धरमपुरमा सुरु गरेको छ ।

महालक्ष्मी नगरपालिका–१० का वडा सदस्य छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले एक समारोहका बीच मानेदोभानमा २७ औं शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे भने २८ औं शाखारहित बैंकिङ सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्रकुमार गुप्ता र बैंकका प्रदेश नं.५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरी पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या २८ पुगेको छ र बैंकिङ सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ सेवा शाखारहित बैंकिङ सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।