गुल्मीको रुरुमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १३:१२ मा प्रकाशित

प्रभु बैंकले गुल्मीको रुरु गाउँपालिका वडा नं. ४, रानीबासमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने सरकारको योजना कार्यान्वयन गर्न रानीबास, बलेटक्सारमा शाखा खोलेको हो ।

नायाँ शाखाको उद्घाटन परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरे । कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम उपस्थित थिए ।

बैंकले रानीबास शाखा कार्यालय उद्घाटन गर्दै विपन्न वर्ग, महिला उधमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा पनि उपलब्ध गराएको छ ।