९ मंसिर २०८१, आईतवार
नयाँ अंग्रेजी पात्रो अनुसार आजदेखि सन् २०१९ सुरु भएको छ ।
ग्रेगोरीयन पात्रोअनुसार मंगलबार नयाँ वर्ष इस्वी सन् २०१९ सुरु भएको हो ।
सन् २०१८को अन्तिम दिन डिसेम्बर ३१ तारिख अर्थात् गएराती १२ बजेको समाप्तिसँगै सन् २०१८ को औपचारिक विदाई भई नयाँ वर्ष २०१९ सुरु भएको छ ।
यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ ।
यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ ।
महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ ।
नयाँ वर्ष २०१९ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा आज विशेष रुपमा यो पर्व मनाइन्छ ।