कालीगण्डकी कोरिडोरमा निमार्ण गरिएको पुल तोडफोड

होमल्याण्ड खबर

२०७५ पुष १७ गते, मंगलवार १३:३३ मा प्रकाशित

कालीगण्डकी कोरिडोर अन्र्तगत जैमिनी नगरपालिका–७ जैदी स्थितछोरेलौंवा खोलामा निर्माण गरिएको पुल तोडफोड गरिएको छ।

नेपाली सेनाले बनाएको उक्त पुल सोमबार राति अज्ञात समूहले तोडफोड गरेका हुन् ।

क्षेत्रीको नामसहितको विवरण राखिएको शीलालेख र केही संरचना फुटालिएको अवश्थामा रहेको प्रहरीले जनाएको छ ।

तोडफोड गर्ने समूहको खोजी भैरहेको बताइएको छ ।

गत असारमा निर्माण सम्पन्न भएको उक्त पुल तत्कालीन सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए।