१५ मंसिर २०८१, शनिबार
दुर्घटना नहोस भनेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५ पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।
विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालेको महाशाखाले पटक/पटक मापसे सेवन गरेर सवारी साधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो।
हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरीले जानकारी दिएको छ ।
पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक ८ हजार ८४०, चौथो पटक ३ हजार १२३ र पाँचौ पटक १ हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो ।
प्रहरीका अनुसार “खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ ।,”