१० बैशाख २०८३, बिहीबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई दशमलव ६७ र जीवन बिमा दुई दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३९, लघुवित्त एक दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९७, निर्जीवन बिमा दुई दशमलव २२, व्यापार तीन दशमलव ९६ र अन्य समूह पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।


आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइस्योरेन्स लिमिटेडको रू ७१ करोड ३१ लाख २६ हजार ६४४ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको १८ लाख ८२ हजार २०९ बराबरको कारोबार भएको छ ।