करण केसीलाई एक म्याच प्रतिबन्ध

होमल्याण्ड खबर

२०८२ चैत्र २९ गते, आईतवार १३:२८ मा प्रकाशित

विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसीलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ ।

करणले हिजो एक फेसबुक पोष्टमा कमेन्ट गर्दै कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने प्रश्न उठाएका थिए । जुन उनलाई भारी पर्न गयो ।

आज करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै क्यानले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको हो । प्रतिवन्धका कारण उनले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याचमा उनी छुटेका हुन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।