प्रधानमन्त्री कपमा आसिफको दोहोरो शतक

होमल्याण्ड खबर

२०८२ चैत्र ३० गते, सोमबार १२:०४ मा प्रकाशित

प्रधानमन्त्री कप पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा  दोहोरो शतक “डबल टन” पूरा गर्ने आसिफ पहिलो खेलाडी बनेका छन् ।

वीरगंजस्थित नारायण क्रिकेट मैदानमा जारी मधेस प्रदेशविरुद्धको खेलमा एपीएफका लागि आसिफले २०० रन पूरा गरेका हुन् । उनले १३७ बलमा १५ चौका र १६ छक्का प्रहार गर्दै २०० रन पूरा गरे ।

कुल १४२ बल खेलेका आसिफले १५ चौका र १७ छक्का प्रहार गर्दै २०८ रनको योगदान गरे ।

पीएम कपको इतिहासमा कुनै पनि खेलाडीले एकै पारीमा बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।