९ मंसिर २०८१, आईतवार
बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले सहारा विकास बैंक लिमिटेडसँग विधुतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तर बैंक विधुतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता गरेको छ ।
उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सहारा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बिनय कुमार शाहले हस्ताक्षर गरे । बैंकले आवद्ध भएका भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउनेछ ।
पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोवारहरुलाई राफसाफ गराउने उद्देश्यका साथ आजबाट विधुतीय चेक क्लियरिङ्ग प्रणाली सेवा शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ ।