९ मंसिर २०८१, आईतवार
काठमाडौं महानगरपालिकाले एकीकृत र वास्तविक तथ्यांक राख्न जियोग्राफिकल इन्फर्मेसन सिस्टम (जिआइएस) सुरू गर्ने भएको समाचार आजको नयाँ पत्रिकाले दोस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, वस्तुगत तथ्यांक पुरानै शैलीमा रहँदा कार्यसम्पादन चुस्त हुन नसकेकाले जिआइएस सुरु गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरमा अहिले कम्युटरकृत र ढड्डा सिस्टममा तथ्यांक राख्ने गरिएको छ ।
महानगरका अधिकांश तथ्यांक ०६८ को जनगणनामा आधारित छन् ।
त्यसबाहेक धेरै रफ डाटा रहेको निष्कर्षसहित जिआइएस सिस्टममा जान लागेको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।