९ मंसिर २०८१, आईतवार
सिलेट सिक्सरबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) मा डेब्यु गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा ५ रन खर्चेका छन् । ढाकास्थित शेरे बंगाल राष्ट्रिय रंगशालामा भइरहेको खेलमा खेलको ८ औं ओभर बलिङ गर्न आएका सन्दीपले ५ रन खर्चिएका थिए ।
उनको पहिलो बलमा स्टेभन स्मिथले एक रन लिएका थिए भने दोस्रो बलमा तमिम इक्वालले एक रन बनाए । तेस्रो बल डट दिएका थिए भने चौथो बलमा स्मिथले एक रन बनाउँदा पाँचौ बलमा तामिदले एक रन जोड्दा अन्तिम बलमा स्मिथले एक रन बनाउँदै सन्दीपले पहिलो ओभरमा ५ रन खर्चिएका छन् ।
सिलेट सिक्सर्सले दिएको १२८ रनको लक्ष्य पछ्याएको कोमिल्ला भिक्टोरियान्सले ८ ओभरमा २ विकेट गुमाएर ५१ न बनाएको छ । यसअघि पहिलो ब्याटिङ गरेको सिक्सरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
भिक्टोरियान्सविरुद्ध सिक्सरका निकोलास पुरानले सर्वाधिक ४१ रन बनाए । उनले २६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए । त्यस्तै, अर्को ब्याट्सम्यान अफिफ हुसेन र आलोक कपालीले समान १९ रन बनाए भने कप्तान डेभिड वार्नरले १४ रन बनाएका थिए । सिक्सर्सका लागि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
सिक्सर्सलाई कम रनमा रोक्न भिक्टोरियान्सका मोहमद सौफेदुनल, मोहमद शाहिदी र मोहमद हसनले समान २२ विकेट लिएका थिए भजनने शाहिद अफ्रीदीले एक विकेट लिएका थिए ।