७ असार २०८३, आईतवार
फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ ।
उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आधा घण्टामै दुई गोल गरेको हो । खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । विश्वकपमा जापानको यो सबैभन्दा छिटो गोल हो ।


यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।