९ मंसिर २०८१, आईतवार
काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी–कोटेश्वर चोक भएर गुड्ने सवारीसाधनका लागि वैकल्पिक सडक निर्माण गरिने भएको छ।
कोटेश्वर चोकमा ट्राफिक जाम घटाउन यो विकल्प तयार गरिएको हो।
कोटेश्वरमा सवारीसाधनको अधिक चापका कारण जाम हुने भएकाले त्यहाँ प्रवेश गर्ने सवारीको संख्या कटौती गरेर जाम घटाउने योजना छ।
सडक विभागका प्रवक्ता मुक्ति गौतमले काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलाको करिडोरमा सवारीसाधन सञ्चालन गरेर कोटेश्वरको जाम न्यूनीकरण गर्न लागेको बताए। उनले भने, ‘सवारीसाधनको अधिक चाप भएर कोटेश्वर चोकमा जाम बढेको हो।
कोटेश्वर भएर गुड्ने सवारीको संख्या कटौती गरिए जाम हट्नेछ।
काठमाडौं महानगरपालिकका सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुवँरको संयोजकत्वमा गठन गरिएको समितिले कोटेश्वरको जाम हटाउने विषयमा अध्ययन गरिरहेको छ।
समितिमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग, महानरगर प्रहरीलगायत प्रतिनिधि गर्ने आजको अन्नपूर्ण दैनिकले छापेको छ ।