१० असार २०८३, बुधबार
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यति नै परिणामको सुन मंगलबार २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।