१६ असार २०८३, मंगलवार
मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।


आज सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।