१९ असार २०८३, शुक्रबार
साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई दिन बढेको सेयर बजार आज भने घटेको हो ।
आज सेयर बजार परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा पुगेको हो । आज सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०३ कम्पनीको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.६५ अंकले घटेर ४५९.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।