९ मंसिर २०८१, आईतवार
शहीद स्मारक ए डिभिजन लिग फुटबल आज मंगलबारबाट सकिन लागेको छ ।
करिव पाँच वर्षको अन्तरालमा गएको असोज १३ गतेदेखि सुरु भएको ए डिभिजन लिग ३ महिना १० दिनपछि आज सकिन लागेको हो ।
लिगअन्तर्गत मंगलबार दुई खेल हुँदैछ ।
लिगमा आज एनआरटी र ब्रिगेड ब्वाईज क्लब तथा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
मनाङले अन्तिम दुई खेल खेल्नुअघि नै ए डिभिजन लिगको उपाधि जितिसकेको छ । लिगमा मनाङले १२ औं खेलसम्ममा अपराजित रहँदै ३६ अंक बनाएको छ ।
लिगमा शीर्ष ६ टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही एक एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।