सुनचाँदीको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०८३ श्रावण १० गते, आईतवार ११:२२ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य आइतबार पुनः बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। गत शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले घटेको थियो ।

यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४६ हजार १ सय ४० रुपैयाँ पुगेको छ। गत शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ७ सय ७० रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो।