बेनी र कुश्मामा आईएमई लाइफको नयाँ शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ पुष २४ गते, मंगलवार १३:१५ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पर्वतको कुश्मा र म्याग्दीको बेनीमा शाखा कार्यालय खोलेको छ । कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा शाखा खोलेको बताएको छ ।

शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले गरे ।

उक्त अवसरमा डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका व्यक्तिको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा विस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी गराए ।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।