१८ श्रावण २०८३, सोमबार
नेपाल विद्युत् प्राधिकरणले ग्राहकको तथ्यांक अद्यावधिक (केवाईसी) गर्न थालेको छ । प्राधिकरणबाट हुने सूचना सम्प्रेषणको लागि आफ्ना ग्राहकको विवरण अध्यावधिक गर्न थालेको हो । यसले बत्ती आउने/जाने समयमा सूचना सम्प्रेषणमा सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, अध्यावधिकको लागि ग्राहक कार्यालयमा जानु पर्दैन । यसका लागि प्राधिकरणले अनलाइनमार्फत नै विवरण अध्यावधिक गर्न सकिने प्रणाली विकास गरेको छ । जसको लागि ( https://kyc.nea.org.np ) मार्फत आफ्नो तथ्यांक राख्न सकिने प्राधिकरणले जनाएको छ ।


प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले कतिपय ग्राहकको तथ्यांक नहुँदा उनीहरुलाई सूचना दिन समस्या भएको भन्दै प्रणालीको विकास गरेर विवरण अध्यावधिक गर्न थालेको जानकारी दिए ।