सुनको मूल्य प्रतितोला ८ हजारले बढ्यो

होमल्याण्ड खबर

२०८३ श्रावण २१ गते, बिहीबार ११:३५ मा प्रकाशित

स्थानीय बजारमा आज सुनको मूल्य ८ हजारले बढेको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर आज ४ हजार ५७० मा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ मा कारोबार भएको थियो ।