२ महिनापछि मात्रै मलेसियामा रोजगारी खुल्छ : मलेसियन सरकार

होमल्याण्ड खबर

२०७५ पुष २४ गते, मंगलवार १५:३५ मा प्रकाशित

विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका एक मन्त्रीले बताएका छन् । मानव संशोधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका छन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने बताए ।

‘विदेशी कामदारसम्बद्धमा कुनै पनि सल्लाह तथा नीति समितिको सिफारिस अनुरुप हुनेछ,’ उनले क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टिच्युट’को भ्रमणको क्रममा भने । उनी त्यहाँ सन् २०१९ सेमेस्टरमा विद्यार्थीहरुको भर्ना सम्बद्धमा निगरानी गर्न गएका थिए ।

‘रिपोर्ट तयार भएपछि यो मुद्धा समाधान हुनेछ । तर यो बीचमा उब्जने विदेशी कामदारसम्बन्ध अन्य कुनै मुद्धा समाधान गर्नमा लागि सरकार प्रतिबद्ध छ ।’ अघिल्लो वर्षको मेमा नेपालको सरकारले आफ्नो देशबाट मलेसिया जाने श्रमिकहरुमाथि धेरै शुल्क लिएको भन्दै अस्थाई रुपमा मलेसिया कामदार पठाउन रोकेको थियो । उक्त शुल्क मलेसियाका अघिल्लो सरकारले खटाएको नीजि कम्पनीहरुले उठाइरहेका थियो ।

त्यसपछि नेपाल सरकारले नेपालभित्र रहेर धेरै मूल्य उठाइरहेका विभिन्न संस्थाहरुमा छापा मार्ने तथा अन्य कारबाही अघि बढाएको थियो । त्यो समयमा नेपाली कामदारहरु मलेसिया पठाउन रोकिएको थियो । नेपाली कम्पनीहरु सरकारी अनुसन्धानमा रहेकाले कामदारहरुले ती कम्पनीहरुमार्फत भिसाको प्रोसेस गर्न सकेका थिएनन् ।