३ लाख नाघ्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०८३ श्रावण २४ गते, आईतवार ११:०७ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो।