२४ श्रावण २०८३, आईतवार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सञ्चालन हुने भएको छ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली छनोट गर्न अक्सनसमेत सम्पन्न भइसकेको छ। अक्सनपछि सहभागी आठवटै टोलीले विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अघि बढाएका छन् ।


टोलीहरूले स्वदेशी तथा विदेशी खेलाडीको संयोजनसहित प्रतियोगिताका लागि आफ्नो टिम निर्माणलाई तीव्रता दिएका छन्।