१५ मंसिर २०८१, शनिबार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्विल लक’ लगाउने कार्यलाई तिब्रता दिएको छ ।
महाशाखाले उपत्यकामा हुने अत्याधिक जामलाई ब्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारी साधनमा लगाउँदै आएको ‘ह्विल लक’ लाई थप तिब्रता दिएको बताएको हो ।
यसरी ‘ह्विल लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहितको स्टिकर चालकतर्फको झ्यालमा टाँस्न थालिएको समेत महाशाखाले जनाएको छ । स्टिकरमा सवारी साधनको नम्बर, ठाउँ, मिति र समय समेत उल्लेख गरिएको हुनेछ ।
महाशाखाका अनुसार ह्विल लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नु पर्नेछ ।