२५ श्रावण २०८३, सोमबार
नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४६७० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६४५ मा कारोबार भएको थियो ।