हुम्लामा अत्यधिक हिमपात: जनजीवन प्रभावित, हवाईसेवा अवरुद्ध

होमल्याण्ड खबर

२०७५ पुष २५ गते, बुधबार १०:२९ मा प्रकाशित

हुम्लामा अत्यधिक हिमपात भएको छ। सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ।

हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ। विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो।

हवाईसेवा अवरुद्ध भएको छ। हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ।

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन्। माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ। हिमपातपछि तापक्रम घट्दै गएको छ।

सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ। “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,” स्थानीयवासी पासाङ लामाले भने।