सुनको मुल्यमा सामान्य गिरावट

होमल्याण्ड खबर

२०८३ भाद्र ९ गते, मंगलवार ११:३२ मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९ सय ६५ रुपैयाँ थियो । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो ।