बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

होमल्याण्ड खबर

२०८३ भाद्र ११ गते, बिहीबार १७:०५ मा प्रकाशित

बेलायतले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीबाट प्रभावित को राहत र उद्धारका लागि सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री एन्डी बर्नहमले राहत र उद्धारका लागि करिब ८५ करोड नेपाली रुपैयाँ (५० लाख पाउन्ड) सहयोगको घोषणा गरेका छन् ।

यूकेको साउथ वेल्स भ्रमणका क्रममा प्रधानमन्त्री बर्नामले नेपालमा घटेको घटना अत्यन्तै हृदयविदारक रहेको बताउँदै बेलायत सरकारले तत्काल कदम चालिरहेको जानकारी दिए ।

बेलायती नागरिकहरूलाई २४सै घण्टा आवश्यक सहयोग उपलब्ध गराउनका लागि प्रभावित क्षेत्रमा महावाणिज्य दूतावासका कर्मचारी खटाइएको प्रधानमन्त्री बर्नहमले बताए । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार, बाढी तथा पहिरोका कारण हालसम्म ३३ बेलायती नागरिकहरू सम्पर्कविहीन छन् ।

यो कठिन र पीडादायी परिस्थितिमा बेपत्ता बेलायती नागरिकका परिवारहरूलाई सरकारका तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराइने उनले स्पष्ट पारेका छन् । बेलायतले नेपालमा आफ्ना आपतकालीन उद्धारकर्ताहरू पठाउन प्रस्ताव गरेको छ । तर, उद्धार टोली भित्र्याउने वा नभित्र्याउने विषय नेपाल सरकारको निर्णयमा भर पर्ने बर्नहमले उल्लेख गरे ।