१५ भाद्र २०८३, सोमबार
नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको हो।


महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।