१६ भाद्र २०८३, मंगलवार
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी र विपदबाट प्रभावित भएका नागरिकको राहत, उद्धार र पुन:स्थापनाका लागि सात करोड सहयोग गरेको छ ।
अध्यक्ष श्रेष्ठले बाढीबाट पछिल्लो समय नेपालले ठूलो क्षति बेहोर्नुपरेको र त्यसबाट निजी क्षेत्र पनि निकै प्रभावित भएको बताउँदै तर पनि सरकारको अभियानमा साथ दिन तयार भएको बताए ।


उनले बाढी पीडितको राहत र उद्धारमा कुनै कमी नहोस् भनेर सहयोग गरेको पनि बताए । यस बाढी पहिरोका कारण बीवाईडीले आयात गरेका कैयौँ गाडीमा समेत क्षति पुगेको छ ।