१८ भाद्र २०८३, बिहीबार
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घटेको छ । आज १९३ कम्पनीको सेयर बढ्यो भने ७५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।


नेप्सेका अनुसार आज उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत, आत्मनिर्भर लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज एनएमबी इजर्नी बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।