२८ फाल्गुन २०८२, बिहीबार
वैदेशिक रोजगार विभागले शाखा कार्यालय पोखराबाट समेत प्रदान गरिने भएको छ ।
ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरे वमोजिम पोखराबाट सेवा प्रदान गर्न लागेको हो ।


जनकपुर र बुटवलबाट सुरु गरिसकेको विभागले बिहीबारदेखि पोखराबाट समेत प्रदान गर्न लागेको बताएको छ।
वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिन घण्टौं लाईन बस्नुपर्ने समस्यालाई मध्य नजर गर्दै सेवाग्राहीको सहजताका लागि सातैवटा प्रदेशबाट श्रम स्वीकृतिको काम सुचारु गरिने मन्त्रालयले बताउँदै आएको छ।