७ आश्विन २०८३, बुधबार
फ्लाईदुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईको दुबईका लागि नियमित सिधा उडान सुरु गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार दुवैतर्फका विभिन्न श्रेणीका उडानका लागि तय गरिएको भाडा दर यस प्रकार रहेको छ ।
यसैगरी, दुबईबाट पोखरा फर्किने सिधा उडानको प्रारम्भिक एकतर्फी भाडा ८ सय ५० युएई दिराम कायम गरिएको छ । फर्किने उडानमा पनि चारवटै श्रेणी उपलब्ध छन्। जसअन्तर्गत ‘लाइट’ श्रेणीको भाडा ८ सय ५० दिराम (७ किलो ह्यान्ड ब्यागेज, खाना र मनोरञ्जनसहित), ३० किलो ब्यागेज पाइने ‘भ्यालु’ श्रेणीको ८ सय ९१ दिराम, ४० किलो ब्यागेज र सिट छनोट सुविधा भएको ‘फ्लेक्स’ श्रेणीको ९ सय ८४ दिराम तथा उच्चस्तरीय ‘बिजनेस’ श्रेणीको सुरुवाती भाडा ३ हजार ७ सय १४ दिराम निर्धारण गरिएको छ ।


वेबसाइटमा देखाइएको भाडादर सुरुवाती आधारभूत मूल्य भए पनि टिकट खरिद गर्दा अन्तिम भुक्तानी रकममा केही फरक पर्न सक्ने जनाइएको छ । अनलाइन पेमेन्ट गर्दा लाग्ने कार्ड÷बैंक प्रशोधन शुल्क , विदेशी मुद्रा विनिमय दर, सिट छनोट, थप ब्यागेज वा यात्रा बिमा जस्ता ऐच्छिक सुविधाहरू थप गर्दा अन्तिम मूल्यमा केही रकम वृद्धि हुन सक्नेछ ।