११ आश्विन २०८३, आईतवार
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।
निरन्तरको वर्षासँगै आइतबार गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।


सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ। नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासको क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए ।