एन आई सी एशिया बैंक र वल्ड रेमिट बिच सम्झौता

होमल्याण्ड खबर

२०७५ पुष २६ गते, बिहीबार १२:०० मा प्रकाशित

एन आई सी एशिया बैंके र वल्ड रेमिट विच रेमिट सम्झौता भएको छ । सम्झौतासँगैे ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात भएको हो ।

उक्त सम्झौता अनुसार वल्र्ड रेमिट मार्फत कतार, साउदी अरब, दुवई, कुवेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका र युरोप लगायत ५० वटा भन्दा बढी देशमा रहेका नेपालीहरुले पैसा पठाउन सक्नेछन । उक्त पैसा बैंकका मुलुकभर फैलिएका २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन ।

वल्र्ड रेमिटका ग्राहकहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोवाइलमार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन । यो सेवाले ग्राहकमहानुभावहरुको समय तथा पैसाको बचत हुनेछ । ध्यचमि च्झष्त को न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने ध्यचमि च्झष्त मार्फतका कारोवार वार्षिक १६०% ले वृद्घि भइरहेको छ । वल्र्ड रेमिटले आफ्ना ग्राहकवर्गहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै क्यास पिक अप तथा बैंक ट्रान्फरद्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।