सुनको मुल्य तोलामा पाँच हजार रुपयाँले घट्यो

होमल्याण्ड खबर

२०८३ आश्विन १२ गते, सोमबार ११:२३ मा प्रकाशित

नेपाली बजारमा आज सोमबार सुन-चाँदीको मुल्य घटेको छ।

आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको मुल्य यसदिन तोलामा पाँच हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार ६ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।