सुन-चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

होमल्याण्ड खबर

२०८३ आश्विन १३ गते, मंगलवार १२:३२ मा प्रकाशित

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य  चार हजार ३९५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला  दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य  चार हजार ५१० कायम  थियो ।