सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढ्याे

होमल्याण्ड खबर

२०८३ आश्विन २१ गते, बुधबार ११:५८ मा प्रकाशित

बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर ४४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।