दसैंको टीका लगाउने साइत बिहान १०:२६ बजे

होमल्याण्ड खबर

२०८३ आश्विन २१ गते, बुधबार १२:०८ मा प्रकाशित

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको जनाएको छ ।

विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरेपछि उक्त साइतमा टीका लगाउनु उत्तम हुने समितिले जनाएको छ । टीका लगाइदिने र लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार परेको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि बिहान ११ः४७ बजे चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्न शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

समितिका अनुसार झण्डा फेर्ने (पश्चिम मोहडा) साइत असोज २६ गते सोमबार बिहान १०ः०७ बजे रहेको छ । त्यस्तै श्री पचलीभैरव यात्रा असोज २९ गते बिहीबार हुनेछ ।