एमाले केन्द्रीय कमिटीमा मनोनीत १३ सदस्यले लिए शपथ

होमल्याण्ड खबर

२०८३ आश्विन २६ गते, सोमबार १६:२४ मा प्रकाशित

नेकपा एमाले केन्द्रीय कमिटीमा मनोनीत १३ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

साेमबार च्यासलमा आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत २४ गते बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो।

मनोनीत हुनेहरूमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्‌बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।